ad1

Sunday, June 5, 2016

लोकप्रिय नेपाली जोक्स 3

लोकप्रिय नेपाली जोक्स 3




 
* एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु


* दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो
रपहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको। त्यातिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले


* सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,
अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’
राम बहादुर, ‘बन्दुक हो सर ‘
अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’
अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’
दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |


* भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती होईन खानेकुरा चाहिइको

* पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त


* कान्छा र काले यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
काले : के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
कान्छा : आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।


* छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।

* दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २

No comments:

Post a Comment