ad1

Friday, June 3, 2016

राजेश हमाल जोक्स 3

राजेश हमाल जोक्स 3





 
* राजेश दाइ : यो बाख्रो कति रुपैयाँको हो ?
बाख्रा मालिक : ३८ हजार रुपैयाँको दाइ
(राजेश दाइ हैरान हुँदै)
आम्मामा यो टचस्क्रीनवाला हो कि क्या हो ?

 * राजेश दाइले दसैंको समय पारेर लेखेका केही कविता :
गरिबको घरमा खसी लिएर आऊ दसैं
संविधान लेख्न मसी लिएर आऊ दसैं
कत्ति भयो होला चाडपर्व नमानेको पनि
परदेशीको मनमा पसी लिएर आऊ दसैं
छेक्ला, थुन्ला प्रवासले नेपाली पौरखीलाई
दुई चार रात बसी लिएर आऊ दसैं
न लेखे संविधान यी नामर्दले यसपालि
पाता फर्काई बाँध्ने डोरी लिएर आऊ दसैं ।

* राजेश दाइका केही उखान :
राजेश दाइको गोरुको सिंग नभए पनि त्यसलाई तिखे नै भनिन्छ ।
आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ ।
राजेश दाइ रातभरि कराउनुभयो भने दक्षिणामात्र होइन, हामी सबै हराउँछौं ।
हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात, राजेश दाइले रोपेको बिरुवाको पात, हाँगा, जरा, माटो सबै चिल्लो ।
राजेश हमालबाहेक जो चोर उसको ठूलो स्वर ।

* राजेश दाइको अर्को सिर्जना
दसैं उपहार कार्यक्रम
यता उपहार उता उपहार
जताततै उपहारै उपहार
डोको किन्दा नाम्लो उपहार
खसी किन्दा दाम्लो उपहार
शाकाहारीलाई मासु उपहार
बिहे गरे सासू उपहार
क्रिम किने लाली उपहार
दिदी भगाए साली उपहार
फुटबल खेल्दा गोल उपहार
ट्वाकेन्द्रलाई झोल उपहार
श्रीमतीका लागि माला उपहार
चुम्बन गर्न गाला उपहार

* राजेश दाइ भन्छन् : पानी खोज्दा बियर भेटियोस्, धारो खोल्दा वाइन बगोस्, कुखुरा खाँदा साँप्रो परोस्, खसीको मासु खाँदा ह्याकुलो आओस्, सबैलाई दसैंको शुभकामना ।

* दसैंको मुखमा मुख्य समाचार
भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्यु भएको छ । साइकल चालक राजेश हमाल चाहिँ फरार छन् ।

* केही रोचक कुरा :
राजेश दाइ हत्केलाले सूर्य छेक्न सक्नुहुन्छ ।
ताल परे पनि राजेश दाइ हमाल नपरे पनि हमाल ।
राजेश दाइ नयाँ किताब पढ्छन् अनि कोट पनि नयाँ नै लगाउँछन् ।
राजेश दाइ रोम गए पनि आफ्नै स्टाइल फलो गर्छन् ।
राजेश दाइ होइनन् चोर, तर पनि उनकै छ सबैभन्दा ठूलो स्वर ।
राजेश दाइले एउटा कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेर सोझो बनाउनु'भो ।
राजेश दाइका लागि बाँदरको पुच्छर लौरो पनि हो, हतियार पनि हो ।
राजेश दाइको काम जतातिर, कुम्लो

No comments:

Post a Comment